क्यानको पक्षमा उभिने दासानायकेको संकेत, कप्तान परिवर्तनकाे निर्णयमा हस्तक्षेप नगर्ने – Nepal Press
क्रिकेट विवाद

क्यानको पक्षमा उभिने दासानायकेको संकेत, कप्तान परिवर्तनकाे निर्णयमा हस्तक्षेप नगर्ने

काठमाडौं । नेपाली क्रिकेट टिमका नवनियुक्त प्रशिक्षक पुबुदु दासानायकेले नेपाल क्रिकेट संघ र खेलाडीहरुको विवादमा आफू नपर्ने अभिव्यक्ति दिएका छन् ।

क्यानले गरेको कप्तान परिवर्तनको निर्णयमा भने उनको सांकेतिक समर्थन देखिएको छ ।

आज क्यानले गरेको पत्रकार सम्मेलनमा उपस्थित भएका प्रशिक्षक दासानायकेले आफूले यसअघि भइसकेका निर्णयलाई पछाडि फर्काउन नसक्ने बताए ।

उनले भने, ‘म टिममा राम्रो वातावरण बनाउन प्रयास गर्ने छु । एक–दुई दिन बन्द कोठामा बसेर छलफल गर्छु । तर बोर्डको निर्णयलाई मैले चुनौति दिन मिल्दैन ।’

उनले खेलाडीहरुको सेन्ट्रल कन्ट्राक्टको विषयलाई लिएर उत्पन्न विवाद सतप्रतिशत समाधान हुने दावी गरे ।

दासानायकेले भोलीसम्म बन्द प्रशिक्षणका लागि ३० जना खेलाडीको सूची तयारि गर्ने जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *