विदेशमा चिकित्सा शिक्षामा भर्ना भएका विद्यार्थीलाई स्वदेशमै अध्ययन गर्न दिने सरकारको निर्णय – Nepal Press

विदेशमा चिकित्सा शिक्षामा भर्ना भएका विद्यार्थीलाई स्वदेशमै अध्ययन गर्न दिने सरकारको निर्णय

काठमाडौं । चिकित्सा शिक्षामा स्नातक अध्ययनलाई विदेश गएका विद्यार्थीलाई अब स्वदेशमै अध्ययन गर्न पाउने भएका छन् । सरकारले अप्ठ्यारो परेका त्यस्ता विद्यार्थीलाई नेपालमै अध्ययन गर्न पाउने सैद्धान्तिक सहमति दिएको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले चीनलगायतका देशमा भर्ना भएका विद्यार्थीलाई स्वदेशमै अध्ययन गर्न सैद्धान्तिक स्वीकृती दिएको हो। चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका देशमा भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास वा इन्टर्नसीप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

सरकारको निर्णयसँगै कोभिड-१९ को महामारीले विदेशमा भर्ना भएका तर जान नसकेका विद्यार्थीले नेपालमै बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास वा इन्टर्नसीप नेपालमै गर्ने बाटो खुल्ला भएको छ ।

सन् २०१६ र त्यसपछि भर्ना भएका विद्यार्थीको हकमा अन्तर्राष्ट्रिय मान्यतामा असर नपर्ने गरी बाँकी अध्ययन र प्रयोगात्मक अभ्यास र इन्टर्नसिप गराई समस्या समाधान गराउन गठित कार्यदलले सुझाव दिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर