त्रिभुवन विमानस्थलमा भेटिएको ५० लाख प्रकरणमा सौर्य एयरका विराटनगर म्यानेजर पक्राउ – Nepal Press

त्रिभुवन विमानस्थलमा भेटिएको ५० लाख प्रकरणमा सौर्य एयरका विराटनगर म्यानेजर पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा चाउचाउको कार्टुनबाट बरामद गरिएको ५० लाखबारे अनुसन्धानका लागि सौर्य एयरलाइन्सका विराटनगर स्टेसन म्यानेजर पनि पक्राउ परेका छन् ।

सौर्य एयरलाइन्स विराटनगरका स्टेसन म्यानेजर प्रकाश पौडेललाई आज पक्राउ गरी काठमाडौं ल्याउनेक्रममा रहेको विमानस्थल सुरक्षा स्रोतले जनाएको छ ।

करेन्ट चाउचाउको कार्टुनमा हालेर सौर्य एयरमार्फत शनिबार विराटनगरबाट काठमाडौं पठाइएको सो रकम रिसिभ गर्न आएकी सौर्य एयरलाइन्सकी कर्मचारी रेखा शाक्य पोखरेललाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।

प्रहरीका अनुसार पोखरेलको बयानका आधारमा पौडेललाई नियन्त्रणमा लिइएको हो ।

करेन्ट चाउचाउको कार्टुनभित्र एक हजार दरका ४ हजार ९ सय ५० वटा र ५ सय दरका एक हजार वटा नोटहरू भेटिएको थियो । बरामद रकमसहित पोखरेललाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग बुझाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर