माओवादीको निर्वाचन कार्यक्रम पुनः संशोधन, मतदान भोलि बिहान ८ बजेबाट – Nepal Press

माओवादीको निर्वाचन कार्यक्रम पुनः संशोधन, मतदान भोलि बिहान ८ बजेबाट

काठमाडौं । नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तरगत निर्वाचन कार्यक्रम पुनः संशोधन भएको छ ।

माओवादी केन्द्रको निर्वाचन समितिले संशोधनसहित सार्वजनिक गरेको तालिका अनुसार आज चार बजेबाट ६ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ताको समय तोकिएको छ ।

यस्तै मनोनयनपत्रको सूची प्रकाशनका लागि साढे ६ बजेको समय तोकिएको छ ।

अन्य प्रक्रियाहरुसँगै उम्मेदवारको अन्तिम नामावली प्रकाशन राति पौने ९ बजे सार्वजनिक गरेर आजको कार्यक्रम सम्पन्न हुनेछ ।

मतदान भने भोली विहान ८ बजेबाट सुरु हुने तालिका रहेको छ । दिउँसो १ बजेर २५ मिनेटसम्म मतदान हुनेछ । मतदान सम्पन्न भएको एक घण्टापछि गणना सुरु हुने तालिका रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर