हिउँदे अधिवेशनका लागि सिंगारिँदै कर्णाली प्रदेश सभा – Nepal Press

हिउँदे अधिवेशनका लागि सिंगारिँदै कर्णाली प्रदेश सभा

सुर्खेत । हिउँदे अधिवेशनका लागि कर्णााली प्रदेश सभाले तयारी तीव्र बनाएको छ । पुस अन्तिम साता अधिवेशन आह्वानको तयारी भइरहेको बेला प्रदेश सभा भवनदेखि अन्य संरचनाहरु रंगरोगन गर्न थालिएको हो ।

प्रदेश सभा भवनको अगाडि पित्तलमा कर्णाली प्रदेश सभाको लोगो सहित झण्डा राखिएको छ भने सोही स्थानमा फूलका गमला राख्ने तयारी प्रदेश सभा सचिवालयले गरेको छ ।

प्रदेशसभा हाताभित्र रहेका प्रदेश सभा हल, सभामुख तथा उपसभाुमखको कार्यालय, विभिन्न दलका कार्यालयहरु, समितिका कार्यालयहरुलाई रंगरुोगन गरेर चिटिक्क पार्न थालिएको छ । पुरानो गेटलाई विस्थापन गरेर नयाँ गेट राखिएको छ ।

यस्तै, प्रदेशसभा हलभित्र भइरहेका गतिविधिलाई बाहिर प्रत्यक्ष प्रसारण गर्न मिल्ने गरि डिस्प्ले बोर्ड समेत राखिएको छ ।

यस्तै, प्रदेश सभा हलतर्फ प्रवेश गर्ने स्थानमा फूलहरुको बगैंचा निर्माण गर्न थालिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर