प्रहरीले बन्दुकको दम्भ देखायो : डा. राउत (भिडिओ) – Nepal Press

प्रहरीले बन्दुकको दम्भ देखायो : डा. राउत (भिडिओ)

जनकपुरधाम । जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतले आफ्नो पार्टीको आन्दोलनमा प्रहरीले गोली चलाएर बन्दुकको दम्भ देखाएको बताएका छन् ।

झडपमा प्रहरीको गोली लागेर घाईते कार्यकर्तालाई भेट्न जनकपुरस्थित प्रादेशिक अस्पताल पुगेका राउतले यो घटनामा प्रहरीले आफ्नो बन्दुकको दम्भ देखाएको बताएका हुन् ।

उनले प्रहरी दमन बन्द नभए अझ सशक्त आन्दोलन हुने चेतावनी पनि दिए ।

उनले शान्तिपूर्ण आन्दोलन गरिरहेका कार्यकर्तामाथि प्रहरी एक्कासी आएर गोली चलाएको दावी गरे ।

उनले भने – काठमौंमा सिंहदरबारको मुख्य सडक नै जाम गरेपनि पानीको फोहोराले स्वागत गरिन्छ । तर यहाँ २/३ घण्टा शान्तिपूर्ण राजमार्ग बन्द गर्नदिन अनुरोध गर्दापनि प्रहरीले निर्मम तरिकाले नरसंहार गर्न खोजेको देखियो । यसको जवाफ प्रहरीले दिनुपर्छ ।

जनमतका कार्यकर्ताले विहानैदेखि पोर्ताहामा राजमार्ग अवरुद्ध गरेका थिए । किसान आन्दोलनका नाममा राउतको पार्टीका कार्यकर्ताले आन्दोलन गर्दै आएका छन् ।

राजमार्ग अवरुद्ध पार्न जनमतका कार्यकर्ता लाठी बोकेर सडकमा निस्किएका थिए । राजमार्गमा टायर बालेर अवरोध गर्न थालेपछि प्रहरीले हटाउन खोजेको थियो । सोही क्रममा स्थिति तनावग्रस्त बनेको हो ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले आन्दोलनकारी राजमार्ग बन्द गरेर उदण्डता प्रदर्शन गरेपछि प्रहरी रबरको गोली चलाउन बाध्य भएको बताए ।

उनका अनुसार प्रहरीले ११ राउण्ड रबरको गोली र १६ राउण्ड आश्रुग्याँस प्रहार गरेका थिए । रबरको गोली जनमत पार्टीका नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साहलाई लागेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर