माओवादी पदाधिकारीहरुको टुंगो भोलि लाग्ने – Nepal Press

माओवादी पदाधिकारीहरुको टुंगो भोलि लाग्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारीहरुको टुंगो सोमबार मात्रै लगाउने भएको छ ।

भोलि निर्वाचित जेष्ठ केन्द्रीय सदस्यको अध्यक्षतामा बस्ने बैठकबाट पदाधिकारीको नाम टुंगो लगाउने तयारी माओवादीले गरेको हो ।

प्रज्ञा भवनमा जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो जानकारी गराएका हुन् ।

आज प्रचण्डले केन्द्रीय सदस्यहरुको प्रस्ताव गरेको २३६ जनाको सूची हलले पारित गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर