माओवादी नेतृत्वमा प्रचण्डभन्दा जनार्दन परिवारको वर्चस्व !
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट केन्द्रीय समितिमा अध्यक्ष प्रचण्डको परिवारका चार सदस्य समेटिँदा अर्थमन्त्री जनार्दन शर्माले पार्टीको पकडमा प्रचण्ड परिवारलाई उछिनेका छन् ।
महाधिवेशनअघि माओवादीको संगठन विभाग प्रमुख रहेका महासचिवका सशक्त दाबेदार शर्माको परिवारका चार सदस्य केन्द्रीय सदस्य चयन हुँदा कर्णाली प्रदेश अध्यक्ष पनि शर्मा परिवारले नै पाएको छ ।
अर्थमन्त्री शर्मासहित सहोदर भाइ अनिल शर्मा र बहिनी नारायणी शर्मा केन्द्रीय सदस्य चयन भएका छन् । त्यस्तै बहिनीज्वाइँ ओमनाथ ढुंगाना (ओम शर्मा) विगतदेखि नै केन्द्रीय सदस्य थिए ।
भाइबुहारी विमला केसी कर्णाली प्रदेश कमिटीको अध्यक्ष छिन् । शर्माका नजिकका नातेदार (भाइ) रुकुमपश्चिमका जिसस प्रमुख राजकुमार शर्मा र नजिक नाताका जगप्रसाद शर्मा पनि केन्द्रीय सदस्यमा चयन भएका छन् ।
शर्माका अर्का भाइ ओपेन्द्र शर्मा पनि राजनीतिमा क्रियाशील युवा हुन् । तर, उनी राससको महाप्रबन्धक भएकाले पार्टीको महाधिवेशन प्रतिनिधिमात्र भए ।
कान्छा भाइ अनिल शर्माले भने माओवादी पंतिमा छलाङ मारेका छन् । उनीभन्दा सिनियर अनेरास्ववियू क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्ल र उनलाई अध्यक्षमा पराजित गरेका रन्जित तामाङ केन्द्रीय समितिमा छुट्दा शर्मा भने केन्द्रीय सदस्य बन्न सफल भए ।
प्रचण्डको स्वकीय सचिवसमेत रहेका सिनियर नेता मल्ल र अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रन्जित तामाङलाई छुटाएर शर्मालाई केन्द्रीय सदस्य बनाइएपछि माओवादी युवा पंति भने असन्तुष्ट बनेको छ ।
पार्टी राजनीतिमा वर्षमान पुननिकट मानिएका युवाहरूलाई छुटाइएको भन्दै विरोध भएको हो । पुन उपचारका क्रममा चीनमा छन् । यसबीचमा जनसंगठनहरूको महाधिवेशनबाट निर्वाचित मुख्य नेतृत्वमा पनि शर्मानिकटले बाजी मार्न सफल भएका छन् ।
यो भ्रमको खेती गर्ने पार्टी हो नातावाद,कृपावाद,दलाली यसको चरित्र हो,कम्युनिस्टको नाममा कम्युनिस्ट सिध्याउन पश्चिमाले बनाएको छदमभेदी पार्टी हो भन्ने मेरो बुझाइ छ रहस्मय पात्रहरु छन यसमा ।
अब महासचिव अनन्तलाई बनाए ब्यालेन्स हुन्छ
कम्युनिष्टको नाउंमा नातावाद, कृपावाद र वाहुनवाद लाद्ने प्रपंच हो, अतः जनार्दन शर्माको सिंगो परिवार माओवादीमा आए भने पनि आश्चर्य मान्नु पर्दैन, १७ हजार मान्छे मारेको त यहि सर्वहारा, उपेक्षित, उत्पीडित र दलितका नाउंमा वाहुनहरुलाई सत्तामा पुर्याउन रहेछ, ती सहिदहरुको रगतको आहालमा वाहुनवादलाई पोस्ने कम्युनिष्ट राजनीतिलाई धन्य छ ।