स्की हब बन्दै कालिञ्चोक (भिडिओ)
काठमाडौं । तीन हजार ८४० मिटरमा उचाइमा रहेको दोलखाको कालिञ्चोकमा स्की खेलका लागि एक उत्कृष्ट गन्तव्यको रुपमा परिचित बन्न थालेको छ ।
सहासिक खेल स्कीका लागि नेपालका मात्र नभएर विदेशी पर्यटक समेत कालिञ्चोक पुग्ने गर्छन ।
पछिल्लो तीन वर्ष यता देखि कालिञ्चोकमा स्की क्लाइमेट, हिउँको अवस्था, स्की तालिमका लागि चाहिने भिरालो ठाउँ, खाना र वासको सुविधा, यातायातको सुविधा लगायतले स्की खेलको हवकै रुपमा परिचित बन्न थालेको स्की प्रशिक्षक छिरिङ पाण्डे भोटेले बताए ।
गत साता तीन दिनसम्म परेको बाक्लो हिउँका कारण झन् स्की खेलका लागि सहज भएपछि हिजोआज कालिञ्चोकमा स्की खेलाडीहरुको भीडनै लागेको भोटेले बताए ।
स्कीका लागि उपयुुक्त पाउडर हिउँ हुनु र स्कीका लागि चाहिने टेराइन (भिरालो ठाउँ), आवास, खेलका लागि उपयुक्र्त स्थान, यातायातको सुविधाले गर्दा खेलाडीको आकर्षण बड्दै गएको उनले बताए ।
खेलाडीको उपस्थितीसँगै नेपाल माउन्टेन एकाडेमी र नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रर्दशक संघको संयुक्त आयोजनामा स्की लेवल एक को प्रशिक्षण कार्यक्रम समेत आयोजना भएको एकाडेमीका प्रसासकीय अधिकृत उत्तम भटट्राईले जानकारी दिए ।
स्की लेवल एक तालिमका लागि १८ जनाले सहभागिता जनाएको छ । नेपालमा विगत पाँच वर्ष यता देखि स्वीजरल्याण्डबाट लेवत थ्रि तालिम प्राप्त गरी स्की प्रशिक्षक उत्पादन भई सके पछि लेवल एक र दुईको तालिम नेपालमै दिन शुरु गरेको भटट्राईले जानकारी दिए ।
तालिमलाई अन्तराष्ट्रिय माउन्टेन गाइड आङनुरु शेर्पा, छिरिङ जाङबु शेर्पा, छिरिङ पाण्डे भोटे र पासाङ काजी शेर्पाले प्रशिक्षण दिदै आएको छ ।