मणिपाल कलेज अतिरिक्त शुल्क फिर्ता लिन तयार भएपछि अखिल र मेडिकल विद्यार्थीको आन्दोलन स्थगित – Nepal Press

मणिपाल कलेज अतिरिक्त शुल्क फिर्ता लिन तयार भएपछि अखिल र मेडिकल विद्यार्थीको आन्दोलन स्थगित

पोखरा । मणिपाल मेडिकल कलेजले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्ने सहमति जनाएपछि एमाले निकट अनेरास्ववियुले एक महिनादेखि थालेको आन्दोलन स्थगित गरेको छ ।

एमाले निकट अनेरास्ववियु र नेशनल मेडिकल स्टुडेन्ट्स एसोसियसन गण्डकी च्याप्टरले मंसिर २० गतेदेखि मणिपाल मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता लगायतका माग राख्दै आन्दोलन गरेर ताला समेत लगाएका थिए ।

ठिक ३१ दिनपछि बुधवार पाँच बुँदे सहमति भएर ताला खोल्न आफूहरु तयार भएको अनेरास्ववियुका गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलले नेपाल प्रेसलाई जानकारी दिए ।

सहमतिमा चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क कार्यन्वयन गर्न मणिपाल मेडिकल कलेजले प्रतिबद्धता जनाएको छ ।

त्यस्तै तोकेको बाहेक कुनै पनि अतिरिक्त शुल्क नलिने तथा विद्यार्थीसँग लिइएको अतिरिक्त शुल्कलाई आगामी वर्ष तिर्नु पर्ने नियमित शुल्कमा घट्नेगरि व्यवस्थापन गर्न कलेज तयार भएको छ ।

सहमतिमा कलेजको तर्फबाट प्रशासन प्रमुख भानु भारद्वाजले हस्ताक्षर गरेका छन् भने आन्दोलनकारीका तर्फबाट अनेरास्ववियुका नेता प्रकाश पौडेल र गौरव यादवले हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *