बालुवाटार जग्गा प्रकरण– किर्ते मुद्दामा गच्छदार र दीप बस्न्यातलाई पनि पक्राउ अनुमति
नेपाल प्रेस
२०७८ पुष २१ गते १६:०४
काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा किर्ते प्रकरणमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पूर्वमन्त्री विजय गच्छदार र अख्तियारका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातविरुद्ध पनि पक्राउ पुर्जी लिएको छ ।
जिल्ला अदालत काठमाडौंले ३ सय बढीलाई पक्राउ अनुमति दिएकोमा गच्छदार र दिप बस्न्यात लगायत तत्कालीन कतिपय मन्त्री र सचिवहरु समेत परेको स्रोतले जनाएको छ ।
उनीहरुविरुद्ध पुस* २७ गतेभित्र किर्ते मुद्दा दर्ता हुनेछ । यसअघि अख्तियारले पनि उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
*यसअघि अन्यथा भएकाले सच्याइएकाे छ । स.
प्रतिक्रिया
सम्बन्धित खवर