माओवादी दक्षिणपन्थी विसर्जनवादतर्फ गएको भन्दै माओवादी नेताहरु नेकपा एस प्रवेश – Nepal Press

माओवादी दक्षिणपन्थी विसर्जनवादतर्फ गएको भन्दै माओवादी नेताहरु नेकपा एस प्रवेश

इटहरी । नेकपा माओवादी केन्द्र इटहरीका नेताहरु नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् ।

यहि हप्ता ८ औं महाधिवेशन सम्पन्न गरेको माओवादी दक्षिणपन्थि विसर्जनवाद र परिवारमा अड्किएको भन्दै नेताहरुले पार्टी परित्या गरेका हुन् ।

माओवादी परित्याग गरि नेकपा एस प्रवेश गर्नेहरुमा प्राध्यापक अर्जुन उप्रेती र डाक्टर खगेन्द्र ओली नेतृत्वमा पाँच जना रहेका छन् ।

उप्रेती माओवादी केन्द्रको बुद्धिजिवी संगठनको प्रदेश सचिव हुन् भने डा. ओली माओवादी केन्द्र इटहरी उपमहानगरपालिका सचिवालय सदस्य हुन् ।

माओवादीले दलित तर्फको आरक्षण समेत खोसेर नातागोता र परिवारका सदस्यलाई केन्द्रिय समितिमा ल्याएको, घाइते तथा अपांगताको बेवास्ता गरेको उनीहरुको आरोप छ ।

उनीहरुलाई नेकपा एसका इटहरीका नेता केशव विष्टले पार्टी प्रवेश गराएका थिए ।

नेकपा एस प्रवेश बारेमा नवप्रवेशीले हस्तक्षर गरेको संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘मुलुकका विद्यमान कम्युनिस्ट पार्टीहरुमध्ये नेकपा (एकिकृत समाजवादी) हामीले सोचेको र खोजेको कुराहरुमा नजिक रहेको ठहर गरि हामी सबै कमरेडहरु नेकपा (एकिकृत समाजवादी) मा प्रवेश गरेको घोषणा गर्दछौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर