लिङदेनले एकपक्षीयरुपमा केन्द्रीय सदस्य मनोनयन गरेको भन्दै कमल थापाले गरे भत्र्सना – Nepal Press

लिङदेनले एकपक्षीयरुपमा केन्द्रीय सदस्य मनोनयन गरेको भन्दै कमल थापाले गरे भत्र्सना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले पार्टीकाे केन्द्रीय समितिमा समस्य मनाेनयन एकपक्षीय भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

अध्यक्ष राजेन्द्र लिङ्देनको निर्णय निर्णय एकपक्षिय र पूर्वाग्रही भएको उनको भनाई छ ।

३३ प्रतिशत अनिवार्य महिला मनोनीत हुनुपर्नेमा त्यसो नभएको, विधानको व्यवस्था उलंघन भएको उनको आरोप छ ।

थापाले सामाजिक सञ्चालमाफर्त भनेका छन्, ‘राप्रपा केन्द्रीय समितिमा एकपक्षीय र पुर्वाग्रहीरुपमा गरिएको मनोनयनको भत्सर्ना गर्दछु । ३३ प्रतिशत अनिवार्य महिला मनोनीत गर्नुपर्ने विधानको व्यवस्थाको ठाडो उल्लंघन भएको छ । मधेसी समुदाय, दलित, महिला र काठमाडौंलाई उपेक्षा गरिएको छ । जनाधार भएका वरिष्ठ नेताहरुलाई उपेक्षागरी चुनाव हारेकालाई मनोनित गरिनु दुर्भाग्यपूर्ण छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर