युवा परिषदको कार्यकारी उपाध्यक्षमा माओवादीका युवा नेता बस्नेत नियुक्त – Nepal Press

युवा परिषदको कार्यकारी उपाध्यक्षमा माओवादीका युवा नेता बस्नेत नियुक्त

काठमाडौं । राष्ट्रिय युवा परिषदको कार्यकारी उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजतको प्रस्तावमा बस्नेतलाई चार वर्षका लागि नियुक्त गरेको हो ।

माओवादी केन्द्रका युवा नेता बस्नेत अनेरास्ववियू क्रान्तिकारीका पूर्व उपाध्यक्ष पनि हुन् । बस्नेतलाई राज्यमन्त्री सरह सुविधा पाउनेगरि चार वर्षका लागि नियुक्त गरिएको मन्त्री गहतराजले बताए ।

यसअघि केपी ओली सरकारका पालामा नियुक्त भएका माधव ढंगेललाई सरकारले हटाएको थियो । ढुंगेल एमाले केन्द्रीय सदस्य हुन् ।

उनी पुनर्वहालीका लागि अदालत नगएपछि बस्नेतलाई नियुक्तिको बाटो सहज भएको हो ।


प्रतिक्रिया

One thought on “युवा परिषदको कार्यकारी उपाध्यक्षमा माओवादीका युवा नेता बस्नेत नियुक्त

  1. यस्तालाई बनाएर युवाकाे विकास हाेईन विनास मात्रै हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर