संसदको अवरोध खुलाउन आग्रह गर्दै रामचन्द्र पौडेल बालकोटमा – Nepal Press

संसदको अवरोध खुलाउन आग्रह गर्दै रामचन्द्र पौडेल बालकोटमा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संसदको अवरोध खुलाउन आग्रह गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

बुधबार साँझ ओली निवास बालकोट पुगेर नेता पौडेलले लामो समयसम्म संसद अवरुद्ध हुँदा राम्रो सन्देश नजाने भएकाले वार्ताबाट सहमति खोज्न ओलीलाई आग्रह गरेका  छन् ।

जवाफमा अध्यक्ष ओलीले अप्राकृतिक गठबन्धन र एमालेले कारवाही गरेका व्यक्तिहरुलाई राखेर चलाइरहेको संसदको अवरोध कायमै राख्ने बताए ।

सत्ता गठबन्धनको राजनीतिक संयन्त्रको संयोजकको हैसियतले आफूले बालकोट पुगेर ओलीँग आग्रह गरेको पौडेलले बताए ।

१४ औं महाधिवेशन पछि नेता पौडेल प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादु देउवासँग नजिकिएका छन् ।

शेखर कोइराला पक्षले संस्थापन इतरको भेला गरिरहेका बेला पौडेल देउवाको अघोषित दुत बनेर बालकोट पुगेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर