बंगलादेश जाने एथलेटिक्स खेलाडीलाई बिदाई – Nepal Press

बंगलादेश जाने एथलेटिक्स खेलाडीलाई बिदाई

काठमाण्डौं । बंगलादेशमा हुने ‘बंगबन्ध शेख मुजीव बन्धु म्याराथन’ प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीलाई बिदाई गरिएको छ । आज एक समारोहका बीच युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेलाडी तथा प्रशिक्षकलाई बिदाई गर्दै जितको शुभकामना दिए ।

विगतमा दौडिएरै राजा हुने ऐतिहासिक विरासत बोकेको देशका खेलाडीलाई विश्वका कुनै शक्तिले हराउन नसक्ने बताउँदै मन्त्री अथकले नेपाली खेलाडीहरू ट्रफि बोकेरै स्वदेश फर्कनेमा आफू विश्वस्त रहेको बताए ।

पुस २६ मा बंगलादेशमा हुने म्याराथनमा १५ राष्ट्रको सहभागिता हुने नेपाली टीमका प्रशिक्षक चन्द्र गुरुङले जानकारी दिए । ४२ किलोमिटर दूरीको फुल म्याराथन प्रतियोगितामा सहभागी हुन गुरुङको नेतृत्वमा नरेन्द्रसिंह रावत, किरण बोगटी र पुष्पा भण्डारी बंगलादेश जान लाग्नुभएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *