आरजुको दावी : म ६ वटा संस्थामा छु, बतासमा छैन – Nepal Press

आरजुको दावी : म ६ वटा संस्थामा छु, बतासमा छैन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवाले नारायणहिटी दरबार संग्राहलयमा विवादित बनेको बतास समुहसँग आफ्नो नाम जोडिएपछि स्पष्टीकरण दिएकी छन् ।

बतास समूहसँग आफ्नो कुनै संलग्नता रहेको उनको दावी छ ।

सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिँदै आरजुले विभिन्न संघसंस्थामा आफ्नो संलग्नता भनेर समाचारमा आएकोमा ध्यानाकर्षण भएको बताएकी छन् ।

आफू ६ वटा संघसंस्थामध्ये कुनै संस्थामा सल्लाहकार वा कुनै पदमा नरहेको उनले उल्लेख गरेकी छन् ।

आरजुका अनुसार उनको आवद्धता निम्न संस्थामा छः

संचार माध्यमहरुमा विभिन्न संघ संस्थाहरुमा मेरो संग्लनता भएको भनेर समाचारहरु आएकोमा मेरो ध्यानाकर्षण भएको छ, तल उल्लेखित संस्थाहरु बाहेक अरु कुनै पनि संस्थाहरुमा सल्लाहकार अथवा अन्य कुनै पदमा मेरो संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु ।

१. ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक), नेपाल Rural Women’s Development and Unity Centre (RUWDUC)
(संस्थापक अध्यक्ष तथा सल्लाहकार)
२. साथी, नेपाल (संस्थापक, पूर्व अध्यक्ष तथा सल्लाहकार)
३. सुरक्षित मातृत्व संजाल महासंघ ( संस्थापक एवं वर्तमान अध्यक्ष)
४. नामी (अध्यक्ष)
५. उल्लेन्स स्कुल (अध्यक्ष, बिद्यालय व्यवस्थापन समिति)
६. Blood Donors association of Nepal BLODAN (संरक्षक)
डा. आरजु राणा देउवा
केन्द्रीय सदस्य, नेपाली काँग्रेस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर