दाङमा ३० जना शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण


तुलसीपुर । दाङ तुलसीपुरको गुरुजजुर माध्यमिक विद्यालय रक्षाचौरका ११ जना शिक्षक र विद्यार्थीसहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। रिर्पोटअनुसार रक्षाचौरको ११ जना शिक्षक र विद्यार्थीसहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए ।
त्यस्तै सेन्टर माविमा १५ जनामा कोरोन संक्रमण पुष्टि भएको छ। यसअघि तुलसीपुरका आश्वरा माध्यमिक विद्यालय बालमितेरी र जनता संस्कृत माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो। तुलसीपुर क्षेत्रमा चार-पाँच दिनको अवधीमा हालसम्म ६९ जनामा संक्रमण पुष्टि भएको छ भने परिक्षण कार्य जारी रहेको छ ।
त्यस्तै बिहीबार ओमिक्रोन हो वा होइन भनेर परिक्षणका लागि २० जनाको स्वाब नेपालगञ्ज पठाइएको केसीले बताए । उनका अनुसार स्वाबको नतिजा आउन कम्तीमा पनि एक हप्ता लाग्ने छ । कोरोना बढेपछि तुलसीपुर क्षेत्रका ३ बिद्यालय बन्द भएका छन् ।