बालुवाटारमा सरकार समन्वय समितिको बैठक – Nepal Press

बालुवाटारमा सरकार समन्वय समितिको बैठक

काठमाडौं । गठबन्धन सरकार समन्वय समितिको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघिबाट बैठक सुरू भएको हो ।

बैठक राष्ट्रियसभाको निर्वाचन, सदनमा एमालेले गरिरहेको अवरोधलगायत समसामयिक राजनीतिमा केन्द्रित रहेको एक नेताले बताए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल, बाबुराम भट्टराई, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, उपेन्द्र यादव, दुर्गा पौडेल लगायतका सत्ता गठबन्धनमा सहभागी शीर्ष नेता सहभागी छन् ।

समन्वय समितिको हिजोको बैठकले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन सबै प्रदेशमा पाँच दलीय संयन्त्र बनाउने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर