राष्ट्रियसभा चुनाव प्रतिगामी गठबन्धनले एमालेमाथि गर्ने प्रहारको अन्तिम किस्ता हो : ओली (भिडिओ) – Nepal Press

राष्ट्रियसभा चुनाव प्रतिगामी गठबन्धनले एमालेमाथि गर्ने प्रहारको अन्तिम किस्ता हो : ओली (भिडिओ)

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको आगामी निर्वाचनमा आफूहरूका लागि प्रतिकूल परिणाम आउन सक्ने भन्दै त्यो हिजोको जनमतको दुरुपयोग भएको बताएका छन् ।

‘१२ गतेको परिणाम हाम्रा लागि प्रतिकूल आउन सक्छ’, देशव्यापी जिल्ला अधिवेशनको उद्घाटन गर्दै ओलीले भने, ‘किनभने त्यो आजको जनमत र कुनै यथार्थ जनमत होेइन । आजभन्दा ४ वर्षअघि विभिन्न प्रवृत्तिलाई व्यस्थापन गर्न सीट बाँडेका थियौं ।’

ओलीले यो चुनाव हिजोको जनादेशबाट हुन लागेकाले यसबाट नआत्तिन कार्यकर्तालाई आग्रह गरे । ‘२ जना मान्छे तलमाथि पार्दा हाम्रो मान्छे हार्छ,’ ओलीले भने, ‘तर, अहिले पनि हामी अरु पार्टी भन्दा एक्लै मजबुत छौं । हिजोको जनमत दुरुपयोग गरेर राष्ट्रियसभाको परिणाम आउन सक्छ ।’

ओलीले राष्ट्रियसभाको निर्वाचन एमालेमाथिको अन्तिम प्रहार हुने समेत बताए । ‘सकारात्मक परिणाम आएन भनेर कुनै अन्यथा मान्नुपर्ने कारण छैन, किनभने यो पहिलेको जनमत हो,’ उनले भने, ‘एमालेमाथि प्रहारको यो अन्तिम किस्ता हो ।

ओलीले भने, ‘हाम्रो जनतमबाट निर्वाचित भएका थिए । तिनीहरूलाई बिगार्ने भत्काउने स्थितिबाट प्रतिक्रियावादीसँग साँठगाँठ गरेर कम्युनिष्ट आन्दोलन सिध्याउन केही तत्व लागे । ती दुई-तीन जना एकजना तलमाथि हुँदा हामी ५१ बाट ४९ मा झर्ने अवस्था आउला । तर, त्यो ताजा जनादेश होइन । सकारात्मक परिणाम आएन भनेर अनौंठो मान्नु पर्दैन । एमालेमाथि प्रतिगामी कित्ताबाट हुने अन्तिम किस्ताको प्रहार यो हो । तर ताजा जनादेशा जाँदा उनीहरुसँग यो हैसियत रहँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर