एमाले अधिवेशन : प्रदेश २ का ८ जिल्लामध्ये सप्तरीमा मात्र हुने – Nepal Press

एमाले अधिवेशन : प्रदेश २ का ८ जिल्लामध्ये सप्तरीमा मात्र हुने

जनकपुरधाम । प्रदेश २ को सप्तरीमा मात्र एमालेको जिल्ला अधिवेशन हुने भएको छ ।

आवश्यक तयारी नपुगेको भन्दै अधिवेशन स्थगित गरिएका १६ मध्ये यस प्रदेशका सात जिल्ला छन् ।

आज प्रदेश २ को सप्तरीमा मात्र अधिवेशन हुने एमालेका प्रदेश अध्यक्ष रामऔतार यादवले जानकारी दिए । उनका अनुसार तयारी नपुगेकाले सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, रौतहट र पर्सामा आज अधिवेशन हुने छैन ।

‘सिरहामा २५ गते र पर्सामा २७ गते जिल्ला अधिवेशनको मिति तय भइसकेको छ’, उनले भने, ‘अन्य जिल्लामा पनि पालैपालो अधिवेशन हुनेछ ।’ सप्तरीमा सकभर सहमतिमै नेतृत्व चयन गर्ने प्रयास भइरहेको उनको भनाइ छ ।

एमाले सप्तरीको जिल्ला अधिवेशन समारोह राजविराजमा गरिँदैछ । अधिवेशनको उद्घाटन एमाले नेता रघुविर महासेठले । बन्दसत्र भने भोलि अग्निसाइर कृष्ण सावरण गाउँपालिकाको सितापुरमा हुनेछ ।

अहिले एमाले सप्तरीका जिल्ला अध्यक्ष ताराकान्त चौधरी छन् । उनी दोस्रो संविधानसभामा सप्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । चौधरी पुन: दोहोरिने चर्चा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर