ओलीको गृहजिल्लामा सबै पदाधिकारी निर्विरोध, अध्यक्षमा पूर्व सांसद कार्की – Nepal Press

ओलीको गृहजिल्लामा सबै पदाधिकारी निर्विरोध, अध्यक्षमा पूर्व सांसद कार्की

काठमाडौं । नेकपा एमाले झापा जिल्लाको अध्यक्षमा दीपक कार्की निर्वाचित भएका छन् ।

जिल्लाको १० औं अधिवेशनबाट अध्यक्षमा कार्की सर्वसम्मतिले चयन भएका हुन् । अध्यक्ष कार्की पूर्व सांसद समेत हुन् ।

यस्तै उपाध्यक्षमा प्रेम गिरी, सचिवमा शिव टुंगेल र उपसचिवमा चन्द्रा श्रेष्ठ र अशारु राजबंशी चयन भएका छन् । उपसचिव श्रेष्ठ पूर्व संविधानसभा सदस्या हुन् । उनी अहिले भद्रपुर नगरपालिकाको उपमेयर छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर