एमाले बैतडी अध्यक्षमा पाल चयन – Nepal Press

एमाले बैतडी अध्यक्षमा पाल चयन

काठमाडौं । नेकपा एमाले बैतडीको जिल्ला नेतृत्व सर्वसम्मत चयन गरिएको छ ।

एमालेका नेता सुरेन्द्र पालको नेतृत्वमा ९० सदस्यीय जिल्ला कमिटी गठन गरिएको एमाले सुदूरपश्चिमका प्रदेश अध्यक्ष दामोदर भण्डारीले बताए ।

गोरखबहादुर चन्दले पनि अध्यक्षमा दावी गरका थिए । तर अन्तिम समयमा उनले पाललाई नै समर्थन गरेका हुन् ।

उपाध्यक्ष रमिल बम, सचिवमा चक्र कार्की, उपसचिवमा सरस्वती नेपाली र लोकेन्द्र भण्डारीलाई सर्वसम्मत चयन गरिएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर