जवरजस्ती अध्यक्ष घोषणा गरिएको भन्दै एमाले मकवानपुरमा विवाद – Nepal Press

जवरजस्ती अध्यक्ष घोषणा गरिएको भन्दै एमाले मकवानपुरमा विवाद

काठमाडौं । नेकपा (एमाले) को मकवानपुरको नेतृत्व चयनमा विवाद देखिएको छ। सहमति भएको भन्दै एकलाल श्रेष्ठलाई अध्यक्ष र अन्य पदाधिकारी घोषणा गरिएको थियो ।

तर, त्यसमा आफ्नो सहमति नभएको भन्दै अधिवेशन आयोजक कमिटीका अध्यक्ष बद्रिप्रसाद लम्साले विरोध जनाएका छन् । नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु गरिएको भए पनि सहमतिका नाममा रोकिएको र त्यसमा आफ्नो सहमति नभएको उनको भनाइ छ।

‘सहमति हुन नसकेको अवस्थामा आज बिहान ८ बजे निर्वाचन गर्ने तालिका रहेको थियो,’ लम्साले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सोहि अनुसार मतदाता नामावली एवम् उम्मेदवारहरुको अन्तिम नामावलि टाँस भई निर्वाचन गर्ने तयारी थियो। निर्वाचन नगर्न बाहिर प्रचारमा आए जस्तो कुनै सहमति भएको छैन । सहमति गर्न म सगै कुनै पनि औपचारीक छलफल समेत गरिएन ।’

उनले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी यथावत रहेको बताउँदै भनेका छन्, ‘त्यसैले म अध्यक्षको प्रत्यासी उम्मेदवारसहित अधिकांश उम्मेदवारहरुले उम्मेदवारी कायम भएको अवस्थामा नेतृत्वतहवाट सहमति भएको भन्दै गरिएको घोषणाप्रति मेरो आपत्ति रहेको छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर