बतासको बचाउ गर्दै कमल थापाले लेखेः आध्यात्मिक व्यक्तिको चरित्रहत्या नगरौं
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नारायणहिटी संग्रहालय प्रकरणमा विवादित बनेको बतास समूहको बचाउ गरेका छन् ।
उक्त समुहका प्रमुख आनन्दराज बतासको प्रशंसा गर्दै थापाले उनको चरित्रहत्या भइरहेको गुनासोसमेत पोखरेका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै थापाले बतासको बचाउ गरेका हुन् । आनन्दराज बतासलाई उनले सामान्य अवस्थाबाट संघर्ष गर्दै सफलतातर्फ अग्रसर उद्यमीरुपमा चिनाएका छन् ।
‘उनी एक आध्यात्मिक विचार भएका मिलनसार व्यक्ति हुन्,’ थापाले लेखेका छन्, ‘उनीबाट कानून उल्लंघन भएको छ भने कानूनी कारवाही गरिनुपर्छ । चरित्रहत्या गर्नु ठीक होइन ।’
आनन्दराज बतास बिरुद्ध अहिले चौतर्फी हमला भैरहेको छ।भित्री रहस्य थाहा छैन।मैले चिनेको @RajBatas सामान्य अवस्थाबाट संघर्षगर्दै सफलतातर्फ अग्रसर एक उद्यमी र आध्यात्मिक विचार भएको मिलनसार व्यक्ति हुन्।उनीबाट कानुन उल्लंघन भएको छ भने कानुनी कारबाही गरिनुपर्छ।चरित्रहत्या गरिनु ठिक होइन
— Kamal Thapa (@KTnepal) January 10, 2022