भोजपुर क्याम्पसमा बंगलादेश बैंकको वित्तीय साक्षरता
नेपाल प्रेस
२०७८ पुष २६ गते १४:०३
काठमाडौं । नेपाल बंगलादेश बैंकको भोजपुर शाखाले भोजपुर बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।
उक्त कार्यक्रममा १ सय ७० जना विद्यार्थीहरूलाई वित्तिय सेवा सम्बन्धमा जानकारी गराइएको थियो । बंगलादेश बैंक भोजपुर शाखाका विनोद पाण्डेले विद्युतीय भुक्तानी प्रणालीको प्रयोग तथा उपदेयिताको बारेमा विद्यार्थीहरूलाई जानकारी गराएका छन् ।
नेपाल बंगलादेश बैंक १ सय शाखा, १० एक्सटेन्सन काउण्टर, तथा ८४ वटा एटीएमबाट बैंकिङ सुविधा दिँदै आएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर