न्यायाधीश प्रकाशमानलाई कारबाही गर्न माग गर्दै न्याय परिषद्‍मा उजुरी – Nepal Press

न्यायाधीश प्रकाशमानलाई कारबाही गर्न माग गर्दै न्याय परिषद्‍मा उजुरी

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतले स्वार्थ बाझिने मुद्दाको सुनुवाइ गरेको भन्दै छानबिन गरी उनीमाथि कारबाही गर्न न्याय परिषद्‍मा उजुरी परेको छ ।

कानून व्यवसायी हक हित संरक्षण तथा शुद्धीकरण अभियानले परिषद्का अध्यक्ष प्रधान्यायाधीश चोलेन्द्रशमसेर जबरालाई भेटेर राउतलाई कारबाही गर्न निवेदनसहितको ध्यानाकर्षण गराएको हो ।

सिंहले विगतमा अधिवक्ताको हैसियतबाट नेपाल रेडक्रस सोसाइटीको कानूनी सल्लाहकारसमेत भएको तर रेडक्रसका निवर्तमान अध्यक्ष संजिव थापा र निजको नेतृत्वको कार्यसमितिलाई प्रशासनको अवैधानिक र भ्रष्टाचारको आरोपमा बरखास्त गरेको विरुद्धमा थापाले दायर गरेको रिटमा न्यायाधीश राउतले मागबमोजिम आदेश दिएको भन्दै सो कार्य आचारसिंहताविपरीत भएको न्यायपरिषद्‍मा बुझाइएको निवेदनमा उल्लेख छ ।

अभियानका संयोजक अधिवक्ता शिव अर्यालद्वारा हस्ताक्षरित निवेदनमा राउलले न्यायिक परम्परा र आचारसंहिताविपरीत काम गरेकोले पदच्युत नगर्दासम्म उनलाई इजलास तोक्ने, पेसी व्यवस्थापनका लागि गोला तान्नेलगायत न्यायिक निरोपणका कार्यमा संलग्न हुनबाट रोक लगाउन माग गरिएको छ ।

हेर्नुस्- कानून व्यवसायी हक हित संरक्षण तथा शुद्धीकरण अभियानले परिषद्‍मा बुझाएको निवेदनको बुँदा नम्बर ३.

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर