एमाले पर्वतमा चार दिनको कसरतपछि सबै पदमा निर्विरोध, पौडेल बने अध्यक्ष – Nepal Press

एमाले पर्वतमा चार दिनको कसरतपछि सबै पदमा निर्विरोध, पौडेल बने अध्यक्ष

पर्वत । चार दिन लामो कसरतपछि पर्वत एमालेमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

केन्द्रीय सदस्य तथा निवर्तमान अध्यक्ष पदम गिरी लगायतका नेताहरुको प्रयासपछि पदाधिकारी र सदस्यहरु सर्वसम्मत रुपमा चयन भएका हुन् ।

जिल्ला कमिटी अध्यक्षमा राजु पौडेल चयन भएका छन् । पौडेल अघिल्लो जिल्ला अधिवेशनमा पदम गिरीसँग पराजित भएका थिए । पौडेल महाशिला गाउँपालिकाको अध्यक्ष पनि हुन् ।

त्यस्तै उपाध्यक्षमा फलेबास नगरपालिकाका मेयर पदमपाणी शर्मा चयन भएका छन् । उनी यसअघि जिल्ला कमिटी सचिव थिए । कमिटीको सचिवमा गोविन्द पहाडी चयन भएका छन् ।

उपसचिवमा शिव पौडेल र बिमल लामिछाने चयन भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर