सुनुवारमाथि भएको आक्रमणको अनेरास्ववियुद्वारा भत्र्सना – Nepal Press

सुनुवारमाथि भएको आक्रमणको अनेरास्ववियुद्वारा भत्र्सना

काठमाडौं । कोटेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियु नेता तुलबहादुर सुनवारमाथि भएको आक्रमणको संगठनले भत्र्सना गरेको छ ।

कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु नेता सुनुवारमाथि आक्रमण गरेका थिए ।

अनेरास्ववियु अध्यक्ष सुनिता बरालले एक विज्ञप्ती जारी गर्दै सुनुवारमाथि ज्यान मार्ने उद्देश्यले क्याम्पसमा सांघातिक हमला भएको बताएकी छन् । संगठनले सो घटनाप्रति गम्भिर आपत्ति प्रकट समेत गरेका छ ।

बरालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘नेविसंघ कोटेश्वर बहुमुखी क्याम्पसका नेताहरुले उहाँको लोकप्रियता देख्न नसकेर क्याम्पस हाताभित्र एक्लै पारि नियोजित ज्यान मार्ने उद्देश्यसहित सांघातिक रुपमा गरिएको आक्रमणको अनेरास्ववियु घोर भत्र्सना गर्दै विचार र विद्यार्थीको मुद्दा र एजेण्डा त्यागेर गुण्डागर्दीमा संलग्न नहुन चेतावनी दिन चाहान्छ ।’

अनेरास्ववियुले घटनामा सलग्नलाई तत्काल पक्राउ गरी कारवाही गर्नपनि माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर