एमाले सुर्खेतको चुनावमा १३ जनाले भोट हालेनन्
नेपाल प्रेस
२०७८ पुष २७ गते १५:४३
सुर्खेत । नेकपा एमाले जिल्ला नेतृत्वका लागि आज भएको मतदानमा ६४९ मत खसेको निर्वाचन आयोगले जनाएको छ । ६६२ कुल मतदातामा १३ मत खसेन । आयोगका अनुसार अबको एक घन्टामा मतगणना सुरु हुने भएको छ ।
एमालेको अध्यक्षपदका लागि सुर्खेतमा दुई जनाले प्रतिस्पर्धा गरिरहेका छन ।
अध्यक्ष पदका लागि अमृत बिसी र डण्डिप्रसाद शर्मा भिडेका छन ।
प्रतिक्रिया
सम्बन्धित खवर