उपत्यकामा सभा सम्मेलन गर्न रोक, यस्तो छ तीन जिल्ला प्रशासनको आदेश – Nepal Press

उपत्यकामा सभा सम्मेलन गर्न रोक, यस्तो छ तीन जिल्ला प्रशासनको आदेश

काठमाडौं । कोभिड संक्रमणको परिस्थितीलाई ख्याल गर्दै आज मध्यरातदेखि लागू हुने गरी काठमाडौं उपत्यकामा राजनीतिक भेला र महोत्सव गर्न रोक लगाइएको छ ।

आज बसेको काठमाडौं उपत्यकाका तीन सीडीओहरुको बैठकले मध्यरातदेखि लागू हुने गरी अर्को आदेश नआएसम्म यस्तो निर्णय गरेका हुन् । सभा सम्मेलन गर्नैपरे प्रशासनको अनुमति लिनुपर्ने आदेशमा उल्लेख छ ।

माघ १५ गतेसम्म भौतिक उपस्थितीमा पठनपाठनमा रोक लगाउने निर्णय समेत प्रमुख जिल्ला अधिकारीहरुले गरेका छन् ।

पूर्वनिर्धारित सेमेन्टर र वार्षिक परीक्षाको हकमा स्वास्थ्य मापदण्ड पालना हुने गरी जेड आकारमा बसाइ परीक्षा संचालन गर्ने निर्णय पनि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयहरुले स्थानीय तहको समन्वयमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको खोप लगाउनेबारे तालिका बनाउने आदेश पनि भएको छ ।

कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाइ पार्कमा प्रवेश गर्दा माघ ७ गतेदेखि खोप कार्डको अनिवार्य व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ ।

काठमाडौं  निमित्त प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जारी गरेकाे आदेश

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जारी गरेकाे आदेश

भक्तपुरका प्रमुख जिल्ला अधिकारी  रुद्रादेवी शर्माले जारी गरेकाे आदेश

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *