एमाले अछाममा रावल पक्षका उम्मेदवारलाई पछि पर्दै बोहरा अगाडि – Nepal Press

एमाले अछाममा रावल पक्षका उम्मेदवारलाई पछि पर्दै बोहरा अगाडि

अछाम । नेकपा (एमाले) अछामको मतगणना जारी रहेको छ । सुरुवाती गणनामा अध्यक्षका प्रत्यासी चन्द्र बोहराले ५३ मतको अग्रता लिइरहेका छन् । उनी ओली पक्षबाट उम्मेदवार बनेका हुन् ।

एकसय मत गन्दा अध्यक्ष पदका अर्का प्रत्यासी प्रकाश शाहले ४४ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ । शाह रावल पक्षबाट उम्मेदवार बनेका हुन् ।

बोहरा प्यानलको उपाध्यक्षमा भीमबहादुर विष्टले ३७ र शाह प्यानलमा उपाध्यक्षमा बलबहादुर कुँवरले ५६ मत पाएका छन् ।

यस्तै सचिव पदमा बोेहरा प्यानलका आदर्श साउँदले २५ र शाह प्यानलका भीमबहादुर रावलले ६६ मत प्राप्त गरेका छन् । उपसचिव पदका बोहरा पक्षका डम्बर बीसीले २७ मत, टोपबहादुर शाहीले २६ मत पाएका छन् ।

शाह प्यानलका उपसचिव प्रेम महरले ३७ र प्रेम खत्रीले २९ मत पाएका छन् । प्यानल बाहेक उपसचिवमा उम्मेद्वारी दिएका लिलाराज केसीले २४ नवराज साउँद १० र शेरबहादुर बुढाले नौ मत पाएका छन् ।

पदाधिकारीसँगै भूगोलको (स्थानीय तह), खुला, महिला, दलित, जनजाति, अपांग, अल्पसंख्यकमा समेत दुई प्यानल बनाएर चुनावी प्रतिपष्पर्धा भइरहेको छ ।

मंगलबार बिहान ९ बजेबाट प्रारम्भ भएको मतदान राती ८ बजेतिर सम्पन्न भएको ७५० मत खसेको थियो । ९१ वडाबाट प्रतिनिधि र आयोजक गरेर ७६२ मतदाता रहेका थिए । एमाले अछाममा अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवमा पाँच पदाधिकारीसहित एकसय ५ जना निर्वाचित हुनेछन् ।

तीन दिनदेखिको सहमतिको प्रयास असफल भएपछि नेकपा (एमाले) अछामका निवर्तमान सचिवालय सदस्यद्धय अध्यक्ष पदमा चन्द्र बोहरा र प्रकाश शाहको प्यानलसहित चुनावी प्रतिष्पर्धामा गएका थिए ।

नेकपामा विवाद भएको समयमा बोहरा ओली पक्षका जिल्ला अध्यक्ष र शाह प्रचण्ड–माधव समूहका जिल्ला उपाध्यक्ष थिए ।

बोहरालाई केपी ओली पक्षबाट र शाह भीम रावल पक्षबाट प्यानलसहितमा चुनावमा गएका हुन् । शुक्रबार उद्घाटन गरिएको अधिवेशन शनिबार बन्दसत्र सम्पन्न गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर