कागजमा थुप्रै दल छन्, व्यवहारमा गठबन्धन र एमाले मात्र : यामलाल कँडेल – Nepal Press

कागजमा थुप्रै दल छन्, व्यवहारमा गठबन्धन र एमाले मात्र : यामलाल कँडेल

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले व्यवहारिक रुपमा नेपालमा दुईवटा राजनीतिक पार्टी मात्रै भएको दावी गरेका छन् ।

कर्णाली प्रदेशसभाको ९ औं अधिवेशनको पहिलो बैठकमा शुभकामना दिँदै कँडेलले अभिलेखमा थुप्रै पार्टीभएपनि व्यवहारमा एमाले र गठबन्धन मात्रै भएको बताए ।

नेता कँडेलले कर्णालीमा माओवादी नेतृत्वको बहुमतको सरकार हुँदा हुन नसकेका कामहरु गठबन्धन सरकारले कसरी गर्न सक्छ ? भनेर प्रश्न गरे ।

उनले भने, ‘तीन वर्ष भन्दा बढि समय मिल्दा मिल्दै काम गर्न सकेनौं । यस्तो अहिलेको अवस्थामा कसरी काम गर्न सकिन्छ ? बजेटको उल्लेख्य रकम सरकारले दान दातव्यमा बाँडदै जाने खालका कार्यविधि निर्माण भइरहेका छन् । पूर्वाधारका पूँजीगत बजेट कटौती गर्दै हिंडेको छ । यसरी कसरी कर्णाली बन्छ ?’

अहिलेको सरकारले विगतको जस्तो व्यवहार नगरी वास्तविक रुपमा कर्णालीको विकास गर्न अगाडि बढेमा एमालेको सहयोग रहने बताए ।

उनले व्यवहारमा अनुभूति हुनेगरी काम गर्न मुख्यमन्त्री शाहीलाई सुझाव समेत दिए ।

सरकारको पूर्वाधार विकासका रकम कटौती गरेर कार्यकर्ता पाल्ने र घर आँगन बनाउन खर्च गर्न खोजेको आरोप पनि उनले लगाए ।

उनले भने, ‘कुनै कार्यकर्ताको आँगन बनाएर कर्णालीको विकास हुन्छ ?’

मुख्यमन्त्री शाहीले विश्वासको मत लिने बेलामा आफूहरुसँग कुनैपनि परामर्श नगरेको उल्लेख गर्दै एमालेलाई पेल्न खोजे त्यसको परिणाम राम्रो नहुने चेतावनी पनि दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर