एमाले संखुवासभाको अध्यक्षमा जीतबहादुर घिमिरे, अरु पदाधिकारी पनि सर्वसम्मत
नेपाल प्रेस
२०७८ पुष २८ गते १९:३३
संखुवासभा। नेकपा (एमाले) संखुवासभाको जिल्ला अध्यक्षमा जीतबहादुर घिमिरे सर्वसम्मतरुपमा चयन भएका छन् । उनीसँगै अन्य सबै पदाधिकारी र सदस्यहरु पनि सहमतिमै चयन भएका छन् ।
उपाध्यक्षमा कृष्णकुमार तामाङ, सचिवमा खड्ग राई चयन भएका छन् । त्यस्तै दुई उपसचिवमा वाङदावी भोटे र भरत खड्का चयन भएका छन् । पदाधिकारीसहित ९८ सदस्यीय जिल्ला कमिटी बनेको छ ।
जिल्ला अधिवेशन उद्घाटन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली पुगेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर