सरकारी कार्यालयमा भद्रगोल र भीडैभीड : कोभिड संक्रमणको जोखिम उच्च (तस्बिरहरु) – Nepal Press

सरकारी कार्यालयमा भद्रगोल र भीडैभीड : कोभिड संक्रमणको जोखिम उच्च (तस्बिरहरु)

काठमाडौं । कोभिड–१९ को बढ्दो संक्रमण रोकथाम गर्न सरकारले स्मार्ट लकडाउन कार्यविधिअनुसार सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाइने आदेश ल्याएको छ ।

सरकारले यस्तो नियम ल्याएपनि सरकारी कार्यालयमै नियमको उल्लंघन भएको मात्र छैन, भद्रगोल हुँदा कोभिड संक्रमणको जोखिम बढेको छ । नेपाल प्रेसकर्मी उमेश कार्कीले जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालय, अस्पतालका खोप केन्द्र र राहदानी विभाग पुगेर भीडभाडका यस्ता तस्बिर खिचेका छन् ।

सरकारी कार्यालयमा भीडभाड हुँदा कोभिड संक्रमणको जोखिम त बढेको छ नै भीड व्यवस्थापन गर्न कुनै काम गरिएको छैन । संक्रमणको जोखिमका बीच सेवाग्राहीले चिन्ता व्यक्त गरेका छन् ।

नियम ल्याएपनि भीड व्यवस्थापन गर्न नसक्दा सरकारी कार्यालय महामारीको हटस्पट बन्ने खतरा देखिएको छ ।

सिभिल अस्पतालमा देखिएका दृश्य

 

जिल्ला प्रशासन कार्यालयमा देखिएका दृश्य

 

 

राहादानी विभागमा देखिएका दृश्य

 

 

जिल्ला निर्वाचन कार्यालयमा देखिएकाे दृश्य

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर