नेपाल विद्युत प्राधिकरण सुपरभाइजर पहाडी एक लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ
नेपाल प्रेस
२०७८ पुष २९ गते १८:४७
काठमाडौं । नेपाल बिद्युत प्राधिकरण, काठमाडौं ग्रिड महाशाखा अन्तरगत सव–स्टेसन पाटन, ललितपुरमा कार्यरत सव–स्टेसन प्रमुख (सुपरभाइजर) सोमप्रसाद पहाडी एक लाख ४० हजार घुससहित पक्राउ परेका छन् ।
प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नको लागी सेवाग्राहीसँग उक्त रकम घुस मागेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले पहाडीलाई पक्राउ गरेकाे हाे ।
सेवाग्राहीबाट एक लाख ४० हजार घुस लिइसकेको अवस्थामा उक्त घुस रकमसहित कार्यालय परिसरबाटै उनलाइ नियन्त्रणमा लिएको आयोगको प्रवक्तासमेत रहेका सहसचिव नारायण प्रसाद रिसालले जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित खवर