वैकल्पिक महिला संगठनको केन्द्रीय समिति घोषणा – Nepal Press

वैकल्पिक महिला संगठनको केन्द्रीय समिति घोषणा

काठमाडौं । वैकल्पिक राजनीतिमा आस्था राख्ने महिला नेतृहरूको समूहले वैकल्पिक महिला संगठन नामक नयाँ राजनीतिक महिला संगठन घोषणा गरेका छन् ।

विवेकशील साझा पार्टीभित्रको अवाञ्छित द्वन्द्वबाट वैकल्पिक राजनीति गलत दिशामा जान सक्ने खतरा रहेको भन्दै ‘मूल—बाटो’ पक्षका नेताहरूले नयाँ महिला संगठन घोषणा गरेका हुन् ।

महिला संगठनको केन्द्रीय संयोजकमा विद्या श्रेष्ठ महर्जन चयन भएकी छन् ।

समावेशिताको आधारमा केन्द्रीय समिति २५ सदस्यीय रहने बताइएको छ । पहिलो चरणमा १७ सदस्यको नाम घोषणा भएको छ।

पहिलो चरणको केन्द्रीय समितिमा संयोजक विद्या श्रेष्ठ महर्जनसँगै इन्दिरा शर्मालाई सल्लाहकारको जिम्मेवारी दिइएको छ । चण्डिका तिमल्सिना र सोनिका लामालाई केन्द्रीय सदस्य र सल्लाहकारको जिम्मेवारी दिइएको छ ।

अन्य केन्द्रीय सदस्यहरूमा प्रतिभाञ्जली पोखरेल, प्रेक्षा पण्डित, आशा ठाकुर, समा सिं महर्जन, आरती कुसवा, निर्जला तामाङ, रबिना थापा, प्रीयंका मिश्र, मेनुका पौडेल, रीतु खड्का, विनीता चौलागाईं, रबिना दंगाल र नाबिता शर्मा छन् । बाँकी सदस्य र अन्य पदाधिकारीहरू दोस्रो चरणमा घोषणा हुनेछन् ।

महिलाहरूसँग सम्बन्धित नीति, कार्यक्रम र समस्याको समाधानबारे बहस चलाउने तथा वैकल्पिक राजनीतिमा महिलाहरुको अर्थपूर्ण सहभागिता र अग्रणी नेतृत्व स्थापित गर्ने वैकल्पिक महिला संगठनको मूल ध्येय रहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर