बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ – Nepal Press

बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ

खोटाङ । बालिका बलात्कार गरेको आरोपमा खोटाङमा शिक्षक पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा रावाबेँसी गाउँपालिका-२ खार्पाका ३१ वर्षीय किशोर पोखरेल पक्राउ परेका हुन् ।

भाषा आधारभूत विद्यालय खार्पामा कार्यरत पोखरेललाई उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय खोटाङलाई बुझाएको हो ।

छोरीलाई बलात्कार गरेको भन्दै पीडितका बुबाले गत विहीबार उजुरी दिएको आधारमा पोखरेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर शाहले बताए । स्वास्थ्य परीक्षणका क्रममा पीडित बालिका २० हप्ताको गर्भवती रहेको खुलेको आफन्तले बताएका छन् ।

शिक्षक पोखरेलमाथि ९ भदौयता पटक-पटक बालिकालाई बलात्कार गरेको आरोप छ । उनलाई जिल्ला अदालतबाट आइतबार सात दिनको म्याद थप गरेर हिरासतमा राखेर अनुसन्धान सुरू गरिएको प्रहरी निरीक्षक शाहले बताए ।

न्यूज कारखाना


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *