६ हजार ७ सय कोभिड संक्रमित थपिए, संक्रमण दर ४१ प्रतिशत नाघ्यो
काठमाडौं उपत्यकामा झन्डै ४ हजार संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ६७३४ जना कोरोनाभाइरस संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४६५ नमुना (१४ हजार १४ पीसीआर र ३४५१ एन्टिजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
आजको संक्रमणदर ४१ प्रतिशत पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५४७ जना निको भएका छन् । आज कोभिड संक्रमणले थप ३ जनाको मृत्यु भएको छ ।
सक्रिय संक्रमित संख्या ३० हजार ८७७ पुगेको छ । १ लाख ४३ हजारले पछिल्लो अवधीमा खोप लगाएका छन् ।
आज काठमाडौं उपत्यका मात्र ३९३९ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा मात्र २९४३, ललितपुरमा ७९५ र भक्तपुरमा २०१ जना संक्रमित थपिएका छन् ।
९ जिल्लामा मात्र सक्रिय संक्रमित ५०० भन्दा माथि छन् । आठ जिल्लामा सक्रिय संक्रमित २०० भन्दा माथि छन् ।