कर्णालीका मुख्यमन्त्रीले भने- मन्त्रालय टुक्रयाउन दबाब आइरहेको छ, बरु पद नै छाडिदिन्छु – Nepal Press

कर्णालीका मुख्यमन्त्रीले भने- मन्त्रालय टुक्रयाउन दबाब आइरहेको छ, बरु पद नै छाडिदिन्छु

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले केही नेताहरूबाट मन्त्रालय फुटाएर भागबण्डा मिलाउन आएको निर्देशनलाई आफूले नटेर्ने बताएका छन् ।

सरकारका काम कारबाहीबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले अन्य प्रदेशको जस्तो मन्त्रालय फुटाएर खर्च बढाउने पक्षमा आफू नभएको बताएका हुन् ।

‘मलाई मन्त्रालयको संख्या बढाएर भए पनि सरकार विस्तार गर्न दबाब आइरहेको छ ’, मुख्यमन्त्री शाहीले भने, ‘तर म मन्त्रालय फुटाएर कर्णालीलाई अनावश्यक बोझ बढाउन चाहन्न । बरु म मुख्यमन्त्रीको पद नै छाड्न तयार छु ।’

मुख्यमन्त्री शाहीले निजी सचिवालय व्यवस्थापन गरेको बताउँदै अन्य सल्लाहकारहरू तत्काल राख्ने पक्षमा नभएको आशय व्यक्त गरे ।
‘राजनीतिक, आर्थिकलगायतका सल्लाहकारहरू अहिले नराखेर मैले राज्यको सम्पत्ति जोगाएको छु ’, उनले भने, ‘जागिर खुवाउनका लागि नभइ वास्तविक विज्ञ, योग्य र क्षमतावान भएको खण्डमा मात्रै मैले त्यस्ता नियुक्ति गर्नेछु ।’

कार्यप्रगतिबारे मुख्यमन्त्रीको तीन पेज लामो फेहरिस्तमा विभिन्न अस्पताललाई कोरोना न्यूनीकरण गर्न ८० लाख, प्रदेश अस्पतालको यूपीएस सिस्टम खरिदका लागि ३८ लाख, जनस्वास्थ्य प्रयोगशालाका लागि दुई करोड विनियोजन गरेको उल्लेख छ ।

उनले कर्णालीमा ८ वटा अक्सिजन प्लान्ट स्थापना गरिएको बताउँदै जिल्लाहरूमा एम्बुलेन्स, शववाहनका लागि पनि बजेट पठाइसकिएको जानकारी गराए ।


प्रतिक्रिया

One thought on “कर्णालीका मुख्यमन्त्रीले भने- मन्त्रालय टुक्रयाउन दबाब आइरहेको छ, बरु पद नै छाडिदिन्छु

  1. लुटन पल्केकाे माओवादी र नैतिकता नभएकाे माधवकाे पार्टीलाई मन्त्री धेरै बनाउनु छ । त्यसैले फुटाउनुपर्छ भन्छन् । तर काँग्रेस पनि देश लुटाहा नै हाे । मन्त्रालय फुटाएर भए पनि सत्ता टिकाउछाै तिमीले । धेरै फुर्ति नगर । अनि सरकारै नबन्दा पनि दलाल पत्रिका बाेल्दैनन त । एमालेकाे मुख्यमन्त्री भएर बनाउन नसकेकाे भए अहिले दलालहरूकाे विहानदेखि बेलुकासम्मकाे खेती नै कर्णालीकाे सरकार देखाएर लेख्याे, बाेल्याे अनि दलाली बुझेर काठमाडाैंमा बस्याे खायाे हुन्थ्याे । दलालहरूलाई त देशै निकाला गर्नुपर्ने हाे । यसकाे लागि कानून बनाउनु पर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर