जनकपुरमै ‘मधेस प्रदेश’को विरोध, सांसदको पुत्ला जलाइयो (भिडिओ)
जनकपुरधाम । प्रदेशको नाम मधेस राखिएको विरोधमा राजधानी जनकपुरधाममा प्रदर्शन भएको छ । प्रदर्शनमा युवाहरुले सांसदको पुत्ला जलाएका छन् ।
स्थानीय सुशील कर्णको नेतृत्वमा यूवाले विरोध प्रदर्शन गरेका हुन् । सांसदको पुत्ला जलाउँदै यूवाहरुले ‘८ जिल्लाको मधेस प्रदेश मान्दैनौं, प्रदेश सांसद मुर्दावाद, मिथिला–भोजपुरा प्रदेश नामाकरण गर’ जस्ता नारा लगाएका छन् ।
प्रदेशसभा गठन भएको चार वर्षपछि सोमबार प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम टुंगो लागेको हो । ‘मधेस प्रदेश’ नाम र जनकपुरधाम राजधानी तय भएको खुशियालीमा सोमबार साँझ अर्को एक युवाको समूहले दीपावली गरेको थियो ।
मधेस सरकारले आज यहाँ सार्वजनिक विदासमेत दिएको छ ।
मधेश प्रदेशले पहिचान दिएन । मिथिला भाेजपुरा एकदमै उपयुक्त नाम हुन्थ्याे । सबै बिगारेकाे पछि मधेशमा भारतबाट आउनेले हाे ।