२४ वर्षीया रेनु बनिन् एमाले संखुवासभा जिल्ला कमिटी सदस्य
नेपाल प्रेस
२०७८ माघ ५ गते ११:०५
काठमाडौं । राजनीतिमा युवाको आकर्षक उपस्थिति बढिरहेका बेला नेकपा एमाले संखुवासभा जिल्ला कमिटी सदस्यमा २४ वर्षीया रेनु राई चयन भएकी छन् ।
एमाले संखुवासभाको आठौं जिल्ला अधिवेशनबाट नेतृत्वमा आएका ९८ जनामध्ये उनी सबैभन्दा कान्छो सदस्य हुन् । सिलिचोङ गाउँपालिका-५ की उनले अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट राजनीति सुरू गरेकी थिइन् ।
गाउँ कमिटीमा सक्रिय राजनितीको मूल्यांकनस्वरूप रेनु जिल्ला कमिटीमा निर्वाचित भएकी एमालेका जिल्ला नेता विनोद सुब्बा गुरूङले बताए । उनी जनता कलेज इटहरीमा डिग्री पढ्दै छिन् ।
प्रतिक्रिया
सम्बन्धित खवर