बतासमाथिको हमलाले निजी क्षेत्र असुरक्षित भएको कैलाली उद्योग वाणिज्य संघको टिप्पणी – Nepal Press

बतासमाथिको हमलाले निजी क्षेत्र असुरक्षित भएको कैलाली उद्योग वाणिज्य संघको टिप्पणी

धनगढी । कैलाली उद्योग वाणिज्य संघले बतास अर्गनाइजेसनमाथि सरकार तथा कतिपय मिडियाबाट नियोजित आक्रमण भएको भन्दै राज्यलाई कर तिर्ने व्यवसायीको मान मर्दन र चरित्रहत्या नगर्न चेतावनी दिएको छ ।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले विहीबार प्रेस विज्ञपित जारी गर्दै राज्यको नियम कानूनभित्र रहेर निजी क्षेत्रले व्यवसाय गर्दा कुनै व्यक्तिको सनकमा सरकार आफैंले गरेका निर्णय लत्याउने कुराले लगानीको वातावरण नबन्ने बताएका छन् ।

संघले भनेको छ, ‘राज्य स्वयंले टेण्डर आह्श्वान गर्ने,सार्वजनिक निजी साझेदारी अनुरूप निजी क्षेत्रको लगानी खोज्ने र तोकिएका प्रावधान पूरा गर्दै लगानी गरिसकेपछि विभिन्न आरोप प्रत्यारोप लगाउँदै भाँजो हाल्ने पद्धति आफैंमा विरोधाभासपूर्ण र पूर्वाग्रहबाट प्रेरित छ ।’

संघले आफैँले गरेका निर्णय र सम्झौताहरु लत्याउने तथा कानूनी राज्यको खिल्ली उडाउने काम सरकारबाट भएको आरोपसमेत लगाएको छ । नारायणीहिटी दरबार संग्रहालय, पशुपति धर्मशालालगायतका ठाउँमा सरकार आफैंले निजी क्षेत्रको लगानी खोजेर सम्झौता गरेको समेत उद्योग वाणिज्य संघले स्मरण गराएको छ ।

संघकामा अध्यक्ष कुँवरले सस्तो लोकप्रियताका लागि व्यक्तिमाथि खनिनु र संचारमाध्यममा आएका टिप्पणीकै आधारमा निर्माणाधीन संरचनाहरु भत्काउनु राज्यको गैरजिम्मेवारीको पराकाष्टा भएको बताएका छन् ।

विज्ञप्तिमा आनन्दराज बतासको व्यक्तिगत चरित्रहत्या गर्न सरकार नै लागेको भन्दै आपत्ति जनाइएको छ ।

बतास अर्गनाइजेसनमाथि गैरकानूनी हमला गरेको भन्दै निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघले यसअघि नै आपत्ति जनाइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर