पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै अनेरास्ववियुले जलायो प्रधानमन्त्रीको पुत्ला – Nepal Press

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै अनेरास्ववियुले जलायो प्रधानमन्त्रीको पुत्ला

काठमाडौं । पेट्रोलियम पदार्थको भाउ बढाएको विरोधमा प्रमुख प्रतिपक्षी नेकपा एमालेनिकट अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएको छ ।

शंकरदेव क्याम्पसअगाडि अनेरास्ववियुका विद्यार्थी भेला भएर प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । विरोधको क्रममा प्रदर्शनकारीले मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् ।

प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले बलसमेत प्रयोग गरेको छ ।

तस्बिरहरु: सरोज बैजु।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर