पूर्व प्रधानन्यायाधीशको निधनमा आइतबार अदालत बन्द गर्ने ‘फुल कोर्ट’को निर्णय – Nepal Press

पूर्व प्रधानन्यायाधीशको निधनमा आइतबार अदालत बन्द गर्ने ‘फुल कोर्ट’को निर्णय

काठमाडौं । पूर्व प्रधानन्यायाधीश मोहन प्रसाद शर्माको निधनमा शोक मनाउन आइतबार सर्वोच्च अदालत लगायत देशभरका सबै अदालत बन्द हुने भएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको अध्यक्षतामा शनिबार बसेको सर्वोच्च अदालतका न्यायाधीसहरु सम्मिलित पूर्ण बैठकले आइतबार अदालतमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

पूर्व प्रधानन्यायाधीश शर्माको गत बिहीबार ८८ वर्षको उमेरमा निधन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *