आईपीएलको मेगा अक्सनमा १५ जना नेपाली खेलाडीले दर्ता गरे नाम – Nepal Press

आईपीएलको मेगा अक्सनमा १५ जना नेपाली खेलाडीले दर्ता गरे नाम

काठमाडौ‌ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आसन्न मेगा अक्सनका लागि १५ जना नेपाली खेलाडीले नाम दर्ता गरेका छन् ।

आईपीएलको आधिकारिक वेभसाइटमा उल्लेख भएअनुसार एसोसिएटबाट धेरै खेलाडीको नाम दर्ता हुनेमा नेपाल पहिलो स्थानमा छ ।

नेपालबाट क—कसले नाम दर्ता गराएका छन् भन्नेबारे केहीपनि उल्लेख छैन । यसैगरि अमेरिकाबाट १४ जनाले नाम दर्ता गराएका छन् ।

अफगानिस्तानबाट २०, अस्ट्रेलियाबाट ५९, इङ्ल्यान्डबाट ३०, न्युजिल्यान्डबाट २९, दक्षिण अफ्रिकाबाट ४८, श्रील‌ंकाबाट ३६, वेस्ट इन्डिजबाट ४१, जिम्बावेबाट २, भुटानबाट १, नामिबियाबाट ५, नेदरल्यान्ड्सबाट १, ओमानबाट ३ तथा स्कटल्यान्ड र यूएईबाट एक एक जनाले नाम दर्ता गराएका छन् ।

८ सय ९६ भारतीय र ३ सय १८ विदेशीसहित एक हजार २ सय १४ जनाले नाम दर्ता गरेको आईपीएल आयोजकले जनाएको छ। १० वटा फ्रेन्जाइज टोलीले ३३ जना खेलाडीहरु आवद्ध गरिसकेका छन्।

अक्सनमा जाने खेलाडीको अन्तिम सूची भने आईपीएल आयोजकले फेरि तयार गर्ने छ। फेब्रुअरी १२ र १३ तारिखमा मेगा अक्सन हुने छ । आयोजकका अनुसार ३२ विदेशी र १७ भारतीयसहित ४९ जना खेलाडीले २ करोड भारतीय रुपैयाँको बेस मुल्यमा आफ्नो नाम दर्ता गराएका छन् ।

आईपीएलमा सन् २०१८ पछि पहिलोपटक मेगा अक्सन हुन लागेको हो । पछिल्लो मेगा अक्सनमा तत्कालिन दिल्ली डेयर डेभिल्सले आवद्ध गरेका नेपाली स्पीनर सन्दीप लामिछानेलाई गत सिजन भने उक्त फ्रेन्चाइजले रिलिज गरेको थियो ।

उनलाई मिनी अक्सनमा कसैले पनि लिएनन् । आईपीएलमा कम्तिमा २० लाखदेखि बढीमा २ करोड भारतीय रुपैयाँसम्म बेस मुल्यमा खेलाडीले अक्सनका लागि आफ्नो नाम दर्ता गर्न सक्छन् । हरेक तीन वर्षमा मेगा अक्सन र हरेक वर्ष मिनी अक्सन हुने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *