मन्त्री यादवको बर्खास्ती माग गर्दै युवा संघद्वारा रौतहटमा प्रदर्शन, मन्त्री यादवको पुत्ला जलाईयो – Nepal Press

मन्त्री यादवको बर्खास्ती माग गर्दै युवा संघद्वारा रौतहटमा प्रदर्शन, मन्त्री यादवको पुत्ला जलाईयो

गौर । रौतहट सदरमुकाम गौरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको पुत्ला जलाइएको छ ।

हिंसा भड्काउने गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मन्त्री यादवको बर्खास्ती माग गर्दै नेकपा एमाले निकट राष्ट्रिय युवा संघले रौतहट सदरमुकाम गौरमा प्रदर्शन गरेको छ ।

संघको केन्द्रीय सदस्य निवेश यादवको नेतृत्वमा सयौं युवाहरु सडकमा उत्रिएर नाराबाजी सहित प्रदर्शन गरेका छन् ।

एमाले पार्टी कार्यालयबाट सुरु भएको र्याली बिपी चौकमा गएर कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनको नेतृत्व गरेका एमाले जिल्ला सदस्य समेत रहेका संघका केन्द्रिय सदस्य यादवले तत्काल मन्त्री रेणुलाई बर्खास्त गर्न माग गरे । साथै गौर हत्याकाण्डको फाइल पुन: खोलेर दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदर्शनमा युवा नेताहरु मुन्ना कुमार यादव, बालाशंकर कुश्वहालगायतले अगुवाई गरेका थिए । गत माघ ५ गते मन्त्री यादवले पुनस् गौर हत्याकाण्ड गराइदिने भन्दै हिंसा भड्किने अभिव्यक्ति दिएपछि संघले मधेशभर प्रदर्शन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर