ओखलढुंगामा गुडिरहेको जिपमाथि ढुंगा खस्याे, ३ जनाको मृत्यु – Nepal Press

ओखलढुंगामा गुडिरहेको जिपमाथि ढुंगा खस्याे, ३ जनाको मृत्यु

काठमाडौं । ओखलढुंगाको सिद्धिचरण नगरपालिका ३ ढुङगेनीमा आज बिहान जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । भने चालकसहित ३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जिपमा सवार सिद्धिचरण नगरपालिका १ तलुवाका १० वर्षीय युसव कोईराला, ७ वर्षीया युनिशा कोइराला र मानेभज्याङ गाउँपालिका १ का ३० वर्षीय हेम मगर रहेका छन् ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । घाइते भएका ३ जनालाई उपचारका लागि ओखलढुङगा स्थित सामुदायिक अस्पताल पठाइएको छ ।

आज बिहान सवा ८ बजे मोलीबाट ओखलढुङगातर्फ आउँदै गरेको को १ ज ३५६९ नम्बरको जिपमा सडकमाथिबाट स्काभेटरले पल्टाएको ढु‌ंगाले लागेर जिप अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । फरार स्काभेटर चालकको खोजी भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *