‘हेडलाइन अनसनविद्’ र अन्तर्राष्ट्रिय पत्रकारिताको अभ्यास – Nepal Press

‘हेडलाइन अनसनविद्’ र अन्तर्राष्ट्रिय पत्रकारिताको अभ्यास

‘डा. केसीलाई अनसनविद् नभन्नु उनको अहिलेसम्मको संघर्षको अपमान हो’

‘शिक्षामन्त्री र अनसनविद् डा. केसीबीच छलफल’ विसं २०७८ माघ ७ गते नेपाल प्रेसमा प्रयोग भएको यो समाचार शीर्षकलाई लिएर सामाजिक सञ्जालमा सर्वाधिक वहस भएको देखियो ।

नेपालको पत्रकारितामा ‘अनसनविद्’ शब्द पहिलोपटक प्रयोग भएर भन्दा पनि डा. गोविन्द केसीलाई भगवानको एघारौं अवतार मान्ने ‘सेलेक्टेड’ समूहलाई पाच्य नभएर यसलाई विवादमा तान्न खोजियो । उनीहरु यसलाई सकारात्मक वहसमा लैजानै चाहदैनन् ।

मुटुरोग विशेषज्ञले दुई चारवटा गुगल सर्च गरेर नेपालमा रेल आवश्यक छैन भनेर लेखेका भरमा ‘रेलविद्’ कहलिने देश हो यो । तर तीनै रेलविद्ले समेत डा. केसीलाई अनसनविद् भनेर शीर्षक राखेबापत पुस्तौनी दुश्मनीको शैलीमा कुण्ठा वमन गरेको पनि देखियो ।

चिकित्सा शिक्षा सुधार (भलै पछि गएर राजनीतिक, न्यायिक र फोहोर मैला व्यवस्थापनका विषय थपिए पनि) १९ पटकसम्म अनसन बसेर राज्यलाई पटक पटक लिखित सम्झौता गर्न बाध्य पार्ने व्यक्तिलाई अनसनविद् भन्दा कसैको मर्ममा प्रहार हुन्छ भने त्यसको जिम्मेवारी हामी लिन सक्दैनौं ।

पत्रकारिताका मेरा चीर परिचित मित्रहरुले त मौका यही हो भनेर नेपाल प्रेसलाई अनसनविद् हेडलाइन राखे बापत हदैसम्मको कारवाही गरियोस् भनेर नेपाल प्रेस काउन्सिललाई थेगिनसक्नु दबाब पनि दिएछन् । मिल्ने भए नेपाल प्रेसको दर्ता खारेजीसम्मको प्रयास यसबीचमा भएपछि हामीले आफूलाई अन्तर्राष्ट्रिय मूल्य मान्यता र अभ्यासका आधारमा पनि सही ठाउँमा छौं भनेर पुष्टि गर्न बाध्य भएका छौं ।

कतिपय शुभचिन्तकले हेडलाइनबाट अनसनविद् हटाउन सुझाव नदिएका होइनन् । अनसनविद् शब्दप्रति असहमति भएर भन्दा पनि डा. केसीका अनुयायी-अभियन्ताको अश्लील तथा निकृष्ट गालीगलौजबाट आत्तिएर उनीहरुले त्यस्तो सुझाव दिएका थिए । तर व्यक्तिगत रुपमा मैले त्यस्ता गालिगलौज प्रतिरोधी क्षमता विकास गरिसकेको छु । त्यसैले गुगलविदबाहेक अरुको सन्दर्भ यहाँ जरुरी नदेखिएको हो ।

एउटै व्यक्तिले १९ पटकसम्म र एकपटकमा एक महिनाभन्दा बढी अनसन बस्नु चानचुने कुरा होइन । नेपालमा त्यो स्तरको विज्ञ र जानफिकार व्यक्ति आजसम्म सम्भवतःकोही पनि निस्केको छैन । दुईटा टेलिभिजन अन्तर्वार्ता र एक दुईटा गुगल सर्च आर्टिकल लेखेर विद् र विज्ञ कहलिने समाजमा डा. गोविन्द केसी जस्तो व्यक्तिलाई अनसनविद् नभने कसलाई भन्ने ? यसको मूल मर्म यहाँ जोडिएको छ ।

हामीलाई गाली गर्नकै लागि चलाइएका फेक अकाउन्ट र पेशेवर विरोधी ‘सेलेक्टेड जमात’को आक्रमणबाट डराएर हेडलाइन संशोधन गर्न हामीले चाहेनौं । बरु हामीले यसको शाब्दिक अर्थ र पत्रकारितामा भइरहेको अन्तर्राष्ट्रिय अभ्यास खोज्नु उपयुक्त ठान्यौं । किनकी हाम्रो शीर्षक कसैप्रति आग्रह राखेर भन्दा पनि त्यस्ता विज्ञ (डा. केसी)को सम्मानका लागि छानिएको थियो ।

सबैभन्दा पहिले हामीले प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित वृहत नेपाली शब्दकोष पल्टायौं । जसमा विद् भन्नाले- नाम चलेको, प्रख्यात, विद्धान व्यक्ति, जानिफकार, शब्दको पछाडि गाँसिएर आउने जान्ने, विज्ञ आदि अर्थ बुझाउने शब्द भनिएको छ ।

सबैलाई थाहा छ, डा. गोविन्द केसी हाडजोर्नी विशेषज्ञ हुन् । तर पछिल्लो केही वर्षयता उनको परिचय त्यो भन्दा पनि चिकित्सा शिक्षा सुधार, सुशासन र राजनीतिक तथा सामाजिक सन्जालमा विरोधका रुपमा भाइरल बनिरहेका कुनै पनि शीर्षकमा राज्यलाई दबाब दिन अनसन बसिहाल्ने ज्ञानी अभियन्ता रुपमा स्थापित छ ।

अनसनविद् पदावली नेपाली पत्रकारितामा नेपाल प्रेसले पहिलो प्रयोग गरे पनि अन्तर्राष्ट्रिय अभ्यासमा आइसकेको छ । गत सातामात्र भारतको गोवा राज्यमा आम आदमी पार्टीले अमित पालेकरलाई भावी मुख्यमन्त्रीका रुपमा उम्मेदवार उठायो ।

एउटै व्यक्तिले १९ पटकसम्म र एकपटकमा एक महिनाभन्दा बढी अनसन बस्नु चानचुने कुरा होइन । नेपालमा त्यो स्तरको विज्ञ र जानफिकार व्यक्ति आजसम्म सम्भवतःकोही पनि निस्केको छैन । दुईटा टेलिभिजन अन्तर्वार्ता र एक दुईटा गुगल सर्च आर्टिकल लेखेर विद् र विज्ञ कहलिने समाजमा डा. गोविन्द केसी जस्तो व्यक्तिलाई अनसनविद् नभने कसलाई भन्ने ? यसको मूल मर्म यहाँ जोडिएको छ ।

नेपाल प्रेसको त्यो हेडलाइनको पक्ष र विपक्षमा प्रशस्त वहस भयो । अनसनविद्को उपाधी डा. केसीले पाउनुपर्छ भन्नेमा बहुसंख्यक मान्छेको प्रतिक्रिया देखियो । तर पनि गुगल डाक्टरदेखि ‘आइएमवीथ डा. केसी अभियानको’ अग्रभागमा रहँदै नाराजुलुस गर्ने पत्रकार-सम्पादक तथा अभियन्ताहरुको एउटा तप्काले आपत्ति जनाएकाले यसलाई पत्रकारिताकै अभ्यासमा स्थापित गर्नेछौं ।

अनसनविद् पदावली नेपाली पत्रकारितामा नेपाल प्रेसले पहिलो प्रयोग गरे पनि अन्तर्राष्ट्रिय अभ्यासमा आइसकेको छ । गत सातामात्र भारतको गोवा राज्यमा आम आदमी पार्टीले अमित पालेकरलाई भावी मुख्यमन्त्रीका रुपमा उम्मेदवार उठायो ।

त्यहाँका मिडियाले हेडलाइनमै ‘अनसनविद् अमित पालेकर’ आम आदमी पार्टीका उम्मेदवार भनेर समाचार बनाए । युरोप र अमेरिकामा पनि यस्ता अभ्यास धेरै अघि नै भइसकेका रहेछन् । त्यसपछि हामी अझ ढुक्क भयौं, डा.गोविन्द केसी नेपालका एकमात्र अनसनविद् हुन् । उनका भक्तजनप्रति पर्न गएको असुविधासँग हामी क्षमाप्रार्थी हुनुपर्ने कुनै कारण देखिएन ।

अनसनविद् शब्द प्रयोग नै नभएको वा पत्रकारितामा प्रयोग गर्न नहुने दुर्लभ शब्द हैन । यसको प्रयोग मेडिकल र अभियान दुवै क्षेत्रमा हुन्छ । मेडिकल्ली अनसनविद्लाई ‘मेडिकल एक्सपर्ट अन हंगर स्ट्राइक’ भनेर प्रयोग भएको पाइन्छ ।

यहि किवर्ड टाइप गरेर गुगल गर्दा यस बारेमा धेरै जानकारी जो सुकैले पाउँन सक्छ । झनै गुगल गरेर रेल र पानी जहाज अनि सम्बृद्धि र विकासको विपक्षमा दुई चारवटा गाली पुलिन्दा प्रकाशन गर्ने साधन स्रोत सम्पन्न मुटुरोग विशेषज्ञले नसक्ने कुनै भएन ।

अन्ना हजारेलाई पनि भारतीय मिडियाले अनसनविद् भन्ने गरेका छन् । पालेकर र हजारे अनसनविद् हुँदै राजनीतिमा पनि उत्रिए । डा. केसीले भने अनसनको माध्यमबाट राजनीति गरे पनि कुनै पार्टीको सदस्यता लिएको सार्वजनिक गरेका छैनन् ।

अभियानको रुपमा ‘हंगर स्ट्राइक एक्सपर्ट’को प्रयोग नयाँ हैन । गत बुधबार गोआ राज्यको मुख्यमन्त्रीको रुपमा अगाडि सारिएका वकिल तथा आम आदमी पार्टीका नेता अमित पालेकरलाई भारतीय मिडियाले अनसनविद् भनेका छन् ।

बिहिबार प्रकाशन गरिएको न्यूज नाइन लाइबले पालेकरलाई अनसनविद् भनेर परिचय गराएको छ । भारतको विभिन्न भाषाका टिभि च्यानल भएको टिभि नाइन न्यूज नेटवर्कको अनलाइन संस्करण न्यूजनाइनलाइभले पालेकरलाई अनसनविद् भनेको छ । गत वर्ष पुरानो गोवामा गैरकानुनी संरचना बनाएको बिरुद्धमा पालेकरले पाँच दिन अनसन बसेका थिए ।

अनसन सकेपछि उनी चर्चामा आए । आएपछि अक्टोबर १ मा आम आदमी पार्टीका अध्यक्ष अरविन्द केजरिवालले आफ्नो पार्टीमा भित्र्याएका थिए । आगामी फेब्रअरी १४ मा हुने राज्य चुनावमा उनी मुख्यमन्त्रीको उमेद्वारको रुपमा अगाडि सारिएका छन् ।

अन्ना हजारेलाई पनि भारतीय मिडियाले अनसनविद् भन्ने गरेका छन् । पालेकर र हजारे अनसनविद् हुँदै राजनीतिमा पनि उत्रिए । डा. केसीले भने अनसनको माध्यमबाट राजनीति गरे पनि कुनै पार्टीको सदस्यता लिएको सार्वजनिक गरेका छैनन् ।

यद्यपी चुनावका बेला उनले नेपाली कांग्रेस र विवेकशील पार्टीका कतिपय उम्मेदवार छानेर मत माग्ने गरेका छन् । उनलाई आ-आफ्नो कित्ताको नेता बनाउन दुवै पार्टीले मेहनत गरेकै छन् (कांग्रेसले संस्थागत रुपमा गरेको छैन) ।

सबै मापदण्ड पुगेर पनि मनमोहन मेडिकल कलेजलाई सम्बन्धन नदिन उनले गरेको पटक-पटकको अनसन राजनीतिक नै थियो । उनको पक्षमा हुने माइतीघरका प्रदर्शनमा विदेशमा चिकित्सा शिक्षाका लागि विद्यार्थी पढ्न पठाउने नेम लगायतका कन्सल्टेन्सीले आफ्नोमा ट्युसन पढ्न आउने छात्रछात्राहरु बसमा लोड गरेरै पठाउने गरेका थिए । त्यो पनि एक प्रकारको अर्थ राजनीति नै हो ।

‘मेडिकल एक्सपर्ट अन हंगर स्ट्राइक’ र ‘हंगर स्ट्राइक एक्सपर्ट’ दुवैको रुपमा डाक्टर गोबिन्द केसीलाई चित्रित गर्न सकिन्छ । उनी अनसन बस्दा मेडिकल उपकरणदेखि सबै सुविधा र आफ्ना मेडिकल शिष्यहरुमात्र वरिपरि राखेर बस्ने भएका हुनाले उनी ‘मेडिकल एक्सपर्ट अन हंगर स्ट्राइक’ त हुन् नै ।


यो पनि पढ्नुस्: शिक्षामन्त्री र अनसनविद् डा. केसीबीच छलफल


मेडिकलदेखि राजनीतिक हुँदै अदालती मुद्धामा अभियान चलाएरै अनसन बस्ने हुनाले उनलाई अनिल पालेकरलाई जस्तै ‘हंगर स्ट्राइक एक्सपर्ट’ पनि भन्न सकिन्छ । बाँकी बहसको जिम्मा पाठकलाई नै ।

किनकी विभाजित समाजमा सबैको चित्त बुझाउन सक्ने कोही पनि हुन्न । तर तथ्य एउटै हुन्छ । हामी तथ्य अन्वेषण गरेरमात्र सत्य सम्प्रेषण गर्न दृढ छौं । गल्ति सच्याउने तत्परतासँगै हामीले गरेका पत्रकारिताका व्यववसायिक र नविनतम अभ्यासलाई स्थापित गर्न पनि उत्तिकै दृढ छौं ।

र हामीलाई थाहा छ,पहिले नै धारणा बनाएर बसेकाहरुले तथ्यलाई कहिल्यै स्वीकार गर्दैनन् । यो प्रष्टिकरण ती पुर्वाग्रह र कुण्ठाको घडाले भरिएकाहरुका लागि होइन पत्रकारिताको अभ्यासमा अनसनविद् शब्दको प्रयोगको बारेमा थाहा नपाएकाहरुको लागि जानकारीका लागिमात्र हो ।


प्रतिक्रिया

3 thoughts on “‘हेडलाइन अनसनविद्’ र अन्तर्राष्ट्रिय पत्रकारिताको अभ्यास

Leave a Reply

Your email address will not be published. Required fields are marked *