गोकुलले किन गरे बाबुरामको तुलना क्विसलिङसँग ?
काठमाडौं । जसपा नेता डा. बाबुराम भट्टराई र एमाले नेता गोकुल बास्कोटाबीच आरोप-प्रत्यारोप चलिरहेका बेला बास्कोटाले भट्टराईको तुलना दोस्रो विश्वयुद्धअघिका हिटलरसमर्थित नर्वेली प्रधानमन्त्री भिड्कुन क्विस्लिङसँग गरेका छन् ।
स्थानीय चुनाव हुन नदिने र राजनीतिक शून्यता सृजना गरेर शक्ति हत्याउने दाउमा बाबुरामले विदेशी एजेन्टको रूपमा काम गरेको भन्दै उनले क्विस्लिङसँग तुलना गरेका हुन् ।
क्विस्लिङले हिटलरलाई नर्वेमाथि आक्रमण गर्न लगाएर भित्रभित्रै उनलाई सघाएर प्रधानमन्त्री पद हत्याएका थिए । दोस्रो विश्वयुद्धपछि उनलाई देशद्रोही घोषित गरी मारिएको थियो ।
डा. भट्टराईले तीनै तहको निर्वाचन मंसिरमा गर्ने गरी संसदबाट प्रस्ताव पास गरेर अहिलेका जनप्रतिनिधिलाई कामचलाउ बनाउन सकिने धारणा राखेलगत्तै बास्कोटाले कडा प्रतिवाद गरेका हुन् ।
बास्कोटाले नेपाल प्रेससँग भने, ‘मैले बाबुरामलाई क्विसलिङसँग तुलना गरेको होइन, उनका पछिल्ला अभिव्यक्ति र व्यवहारले उनी क्विसलिङजस्तै देशद्रोही हुन् भन्ने आशंका छ । राजनीतिक शून्यता सिर्जना गरेर शक्ति आर्जन गर्ने उनको दाउ अन्यत्रबाटै निसृत छ ।’
राजनीतिक शुन्यता सृजना गरेर शक्ती हत्याउने दाउमा कोही हात धोएर लागेको छ भने त्यो डा.भट्टराई भन्ने नेपाली क्वीस्लींग रहेछन।क्वीस्लींग ती पात्र हुन जस्ले हिट्लरसंग मिरेर आफ्नैदेशमाथि आक्रमण गर्न लगाएर नर्बेको प्रधानमन्त्री बन्ने सौभाग्य प्राप्त गरेका थिए।
— Gokul Prasad Baskota (@GokulPBaskota) January 25, 2022
याे भारूरामलाई देशकाे माया छैन जे पनि भनिदिन्छ । यसलाई भारतले जे भन् भन्याे त्यहि भनिदिन्छ । अहिले सबै चुनाव एकैचाेटी भन् भनेर भारतले भन्न लगायाे दलालले त्यही भनिदियाे । एक दिन यसले नेपाललाई भारतमा मिसाईदिउ भनिदिन्छ ।
100% right